२०८३ भाद्र ६ गते शनिवार

दाङमा एक महिनामै एक हजार बढीले लिए नागरिकताको प्रतिलिपि

दाङ, ३ जेठ । दाङमा एक महिनामै एक हजार बढीले नागरिकताको प्रतिलिपि लिएका छन् । जिल्ला प्रशासन कार्यालय घोराहीले सार्वजनिक गरेको विवरण अनुसार गत बैशाख महिनामा दाङबाट १ हजार २६ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

नागरिकता पुरानो भएपछि, हराएपछि, कुनै कारणबस जलेपछि लगायतका कारण नागरिकताको प्रतिलिपि लिने गरिएको छ । पछिल्लो समय नागरिकताको प्रतिलिपि लिनेको संख्या बढ्दै गएको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकिय अधिकृत निम बहादुर केसीले बताउनुभयो ।

तर प्रतिलिपि वितरण प्रश्चात सम्बन्धित व्यक्तिलाई नागरिकताको प्रमाणपत्र तथा सरकारी कागजातको संरक्षण र महत्वका बारेमा बुझाउने गरिएको उहाँले बताउनुभयो ।

नागरिकताको संवेदनशीलताप्रति नागरिकलाई जानकारी गराउने र प्रतिलिपि नागरिकता वितरणमा निरुत्साहित गर्ने उद्देश्यले ब्रिफिङ गर्ने गरिएको प्रशासकिय अधिकृत केसीले बताउनुभयो । दाङका तीन ठाउँबाट नागरिकता तथा यसको प्रतिलिपि वितरण गर्ने गरिएको छ ।

एक महिनाको अवधिमा नागरिकताको प्रतिलिपि सबैभन्दा बढी इलाका प्रशासन कार्यालय तुलसीपुरबाट वितरण गरिएको छ । तुलसीपुरबाट बैशाख महिनामा मात्रै ४२२ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । यस्तै घोराहीको जिल्ला प्रशासन कार्यालयबाट ३८२ र लमहीको इलाका प्रशासन कार्यालयबाट २२२ जनाले नागरिकताको प्रलिलिपि लिएका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस