२०८१ फाल्गुन १ गते बिहिवार

पौडी खेल्ने क्रममा रोल्पाका एक पुरुषको मृत्यु

रोल्पा, १ जेठ । पौडी खेल्ने क्रममा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । डोटीको शिखर नगरपालिका-७ लाटामान्डौ स्थित स्थानीय लुवाखडी खोलामा डुबेर ३६ वर्षीय दीपेन्द्र घर्तिमगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मङ्गलवार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका घर्तिमगरको स्थायी ठेगाना रोल्पा रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो ।

घर्तिमगर कामको शिलशिलामा डोटीमा रहेको खुलेको छ । घटनाको अनुसन्धानको लागि स्वयम घटना स्थलमा पुगेको प्रहरी नायव उपरीक्षक भट्टराईले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस