२०८१ फाल्गुन ६ गते मङ्गलवार

निर्वाचन अपडेट : बिनिल केसीले मतान्तर बढाउँदै

तुलसीपुर, ३० बैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

गएराती करिब ११ बजेबाट शुरु भएको मत गणनामामा यो समाचार तयार पर्दासम्म नेपाली कांग्रेसका तर्फबाट उमेदवार बन्नुभएका बिनिल केसी ४७ मतले अगाडी हुनुहुन्छ । ७ मत गणना हुँदा केसीले ३६६ मत ल्याउनुभएको छ भने संयुक्त प्यानलका ललितजंग शाहले ३१९ मत ल्याउनुभएको छ ।

यस्तै संयुक्त प्यानलका उद्योग उपाध्यक्षमा विश्व बस्नेतले ३८९ मत प्राप्त गर्नुभएको छ भने हेमन्द्र खड्काले २६५ मत ल्याउनुभएको छ । यस्तै वाणिज्य उपाध्यक्षमा संयुक्त प्यानलका नरेश राजभण्डारीले ३८० मत प्राप्त गर्नुभएको छ भने खुशलराम शर्माले २७३ मत प्राप्त गर्नुभएको छ ।

यस्तै खुल्ला उपाध्यक्ष पदमा कांग्रेसका देव बहादुर केसीले ३४९ मत ल्याउनुभएको छ भने संयुक्त प्यानलका डिल्ली बहादुर वलीले ३१० मत ल्याउनुभएको छ । यस्तै महासचिवमा कांग्रेसका केशबराज केसीले ३५६ मत ल्याउनुभएको भने संयुक्त प्यानलका नरेन्द्र डाँगीले २९८ मत ल्याउनुभएको छ ।

यस्तै कोषाध्यक्षमा रुपेश शर्माले ३६८ मत ल्याउँदा संयुक्त प्यानलका शेषकान्त ढकालले २६९ मत ल्याउनुभएको छ । यस्तै सचिवमा नविन राईले २२७ मत ल्याउनुभएको छ भने संयुक्त प्यानलका भुपाल रावतले १७० मत ल्याउनुभएको छ । स्वतन्त्र उमेदवार चन्दन वलीले १९५ मत ल्याउनुभएको छ ।

यस्तै सह कोषाध्यक्षमा दिपेश भण्डारीले २८३ मत ल्याउनुभएको छ भने संयुक्त प्यानलका किशोर वलीले २६६ मत ल्याउनुभएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस