२०८२ असार ३ गते बुधवार

मतदाताको साथले थप उत्साहित भएको छु : केसी

तुलसीपुर, २८ बैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा उमेदवारी दिनुभएका बिनिल केसीले आम व्यवसायीका साथ रहेकै कारण नेतृत्वमा आउन लागेको बताउनुभएको छ ।

मतदाता भेटघाटकै क्रममा मिलेको साथ र हौसललाई थप उत्साहित भएको उहाँको भनाई छ ।

पत्रकार भेटघाटको क्रममा अध्यक्ष पदका उमेदवार केसीले व्यवसायीहरुको दिर्घकालिन समस्या समाधान, व्यावसायीक स्थायीत्व, सुरक्षा, थप रोजगार सिर्जना र स्थानीय सरकारसंगको समन्वयमा स्थानीय
विकासलाई प्राथमिकतामा लिएर जाने दावि गर्नुभएको छ ।

व्यवसायीहरुको प्रोत्साहन र सुरक्षा प्रमुख चूनौती रहेको भन्दै बजारक्षेत्रमा सुरक्षाको प्रत्याभूति हुने गरी आफ्नो नेतृत्वले काम गर्ने उहाँले बताउनुभयो ।

अहिले युवाहरु सबैक्षेत्रमा पुस्तान्तरण हुनुपर्छ भन्ने मान्यतामा रहेको र त्यही मान्यता अनुसार काँग्रेस निकट व्यवसायीहरुको नेतृत्व गरेर आफु निर्वाचनमा होमिएको उहाँले बताउनुभयो ।

उहाँले आफु कांग्रेसबाट नेतृत्व गरेर आएपनि निर्वाचनपछि सबै व्यवसायीको साझा प्रतिनिधि हुने बताउनुभयो ।

नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा महासचिवका उमेद्धवार केशवराज केसीले व्यवसायीहरुको रोजाइमा युवाहरुको टिम निर्माण भएकोले युवाहरुको टिमप्रति आम व्यवसायीहरुको विश्वास रहेको बताउनुभयो ।

प्रेस युनियन दाङका बरिष्ठ उपाध्यक्ष गोपाल शर्मा भट्टराइले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण युनियनका पूर्व कोषाध्यक्ष शरद रेग्मीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस