२०८३ असोज २६ गते सोमवार

काम गर्न स्वतन्त्रलाई मात्रै सहज हुन्छ : वली


तुलसीपुर, २७ बैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि सचिव पदमा स्वतन्त्र उमेदवारी दिनुभएका चन्दन वलीले मतदातालाई निर्वाचित गराउन अपिल गर्नुभएको छ ।

तुलसीपुरमा बिहिबार (आज) बिहान पत्रकारसंगको भेटघाट कार्यक्रममा उहाँले आफु स्वतन्त्ररुपमा उमेदवारी दिएको बताउँदै आम मतदातालाई निर्वाचित गराउन अपिल गर्नुभएको हो ।

बिजनेशमा स्नातकोत्तर गर्दै गरेका वलीले आफु निर्वाचित भएपछि युवालाई देशमै व्यवसाय गर्ने वातावरण निर्माणका लागि पहल गर्ने बताउनुभयो । उहाँले बजार व्यवस्थापन, सरसफाई, झन्जटिलो कर प्रणालीलाई व्यवस्थित गराउन पहल गरिने समेत बताउनुभयो ।

चुनावमा गठवन्धनबाट टिकट नपाएपछि स्वतन्त्र भनेर उमेदवारी दिनुभएको हो? भन्ने पत्रकारहरुको प्रश्नमा सचिव पदका उमेदवार वलीले आफु अहिले सम्म कुनै दलको सदस्यता नरहेको प्रष्ट पार्नुभएको छ । स्वतन्त्र रहदा कसैको दवाव नहुने र काम गर्न सजिलो हुने भएकाले उमेदवारी दिएको बताउनुभयो ।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस