तुलसीपुर, २६ बैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको बैशाख २९ गते हुने निर्वाचनका लागि ललितजंग शाह अध्यक्ष रहेको संयुक्त व्यवसायी प्यानलले प्रचार-प्रसारलाई आक्रामक बनाएको छ ।
चुनावी नतिजा आफ्नो पक्षमा पार्नका लागि संयुक्त व्यवसायी प्यानलले प्रचार-प्रचारलाई मतदाता भेटघाटदेखि ५ सय बढी सदस्य रहेको प्रचारप्रसार समिति गठन गरेको छ । संयुक्त व्यवसायी प्यानलले मिनराज वलीको संयोजकत्वमा ५५१ सदस्यीय प्रचार-प्रसार समिति गठन गरेको हो ।
प्यानलले विभिन्न व्यवसायी, कर्मचारीलाई समेटेर प्रचार-प्रसारलाई व्यापक बनाउनका लागि ३३ उपसमिति रहेको ५५१ सदस्यीय समिति गठन गरेको हो । प्रचार-प्रचारका लागि बल बहादुर वलीलाई खाद्य व्यवसायी उपसमितिको संयोजकको जिम्मेवारी तोकिएको छ ।
यस्तै सुन चाँदी व्यवसायी उप समितिको संयोजकमा हरिकृष्ण बिक र उपसंयोजकमा मदन कुमार केसी, किराना व्यवसायी उपसमितिको संयोजकमा होताराम आचार्य, फेन्सी व्यवसायी उपसमितिको संयोजकमा पूणर् वली र महिला संयोजकमा शारदा वलीलाई जिम्मेवारी तोकिएको छ ।
यस्तै तरकारी व्यवसायी उपसमितिको संयोेजकमा झुपलाल खड्का, कस्मेटीक व्यवसायी उपसमितिको संयोजकमा गिताकुमारी खड्का, हाड्रवयर व्यवसायी उपसमितिको संयोजकमा सुनिल आचार्य, निजि विद्यालय उपसमितिको संयोजकमा देव बहादुर वली, यातायात व्यवसायी उपसमितिको संयोजकमा प्रकाश भट्ट, जुत्ताचप्पल व्यवसायी उपसमितिको संयोजकमा युवराज नेपालीलाई जिम्मेवारी तोकिएको छ ।
यस्तै भाडा व्यवसायी उपसमितिको संयोजकमा पर्शुराम पुन, टेण्ट व्यवसायी उपसमितिको संयोजकमा दिपेश गुप्ता, कपडा व्यवसायी उपसमितिको संयोजकमा टेकप्रसाद केसी, शिक्षक कर्मचारी उपसमितिको संयोजकमा टंक केसी, स्वास्थ्य उपसमितिको संयोजकमा मोहन गौतम, लिकर्श एशोशियसन उपसमितिको संयोजकमा राजेश केसीलाई जिम्मेवारी तोकिएको छ ।
यस्तै अटोभिलेज उपसमितिको संयोजकमा पदमप्रसाद पोखेरल, नास्ता व्यवसायी उपसिमितिको संयोजकमा प्रवेश वली, पोल्ट्री व्यवसायी उपसमिति संयोजकमा बेद बहादुर बस्नेत, निर्माण व्यवसायी उपसमितिको संयोजकमा गेहेन्द्र गिरी, मासु व्यवसायी उपसमितिको संयोकमा निम बहादुर डाँगी, फर्निचर व्यवसायी उपसमितिको संयोजकमा ऋषिराज भण्डारीलाई जिम्मेवारी तोकिएको छ ।
यस्तै क्रसर व्यवसायी उपसमितिको संयोजकमा माधव बुढाथोकी, इलेक्ट्रोनिक व्यवसायीक उपसमितिको संयोजकमा तिलक वली, ग्रामेण्ट व्यवसायी उपसमितिको संयोजकमा प्रकाश वली, यातायात मजदुर व्यवसायी उपसमितिको संयोजकमा खकेन्द्र वली, सिलाई कटाई व्यवसायी उपसमितिको संयोजकमा पोषण रणपाल र मोबाईल व्यवसायी उपसमितिको संयोजकमा रमेश वलीलाई जिम्मेवारी तोकिएको छ ।