२०८१ जेष्ठ ६ गते आइतवार

तुलसीपुरमा लागुऔषध दुव्र्यसन न्युनिकरणबारे अभिमूखिकरण


दाङ,२३ बैशाख । लागुऔषध दुव्र्यसन न्यूनिकरण गर्न तुलसीपुरमा टोल विकास संस्थाका पदाधिकारी र विद्यार्थीलाई अभिमूखिकरण गरिएको छ ।

बढ्दो लागुऔषध दूव्र्यसन न्यूनिकरणका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का टोल विकास संस्थाका पदाधिकारी र तुलसीपुर-६ का विद्यालयमा अध्ययनरत्त विद्यार्थीलाई अभिमूखिकरण गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को सहयोगमा बिजौरीमा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रले कार्यक्रम गरेको हो । केन्द्रका सल्लाहकार शुष्मा लामिछाने गिरीको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रम भएको हो । कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारीले भौतिक विकाससंगै मानविय विकासलाई वडा सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

भौतिक विकास नियमित हुने पक्रिया भएको भन्दै उहाँले असल समाज निर्माणका लागि बालबालिकालाई असल संस्कार सिकाउन आवश्यक रहेको बताउनुभयो । उहाँले घर वरपर भौतिक विकासमा ध्यान दिएरमात्रै नहुने भन्दै बालबालिकालाई शिक्षासंगै असल संस्कार सिकाउन अभिभावकले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा केन्द्रका उपाध्यक्ष तथा मनोपरामर्शविद शैलेश शर्माले लागुऔषध दुव्र्यसनका समस्या र निराकरणका उपायबारे प्रशिक्षण गर्नुभएको हो । उहाँले बालबालिकालाई लागुऔषध दुव्र्यसनबाट बचाउन अभिभावक नै चनाखो बन्नुपर्ने बताउनुभयो ।

मोटिभेशनल ट्रेनर डिल्ली बस्नेतले सकारात्मक सोचबारे प्रशिक्षण गर्नुभएको छ । लागुऔषध दुव्र्यसनमुक्त समाज निर्माणका लागि निरन्तर समाजमा यस्तै किसिमका कार्यक्रम गरिरहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रका कार्यकारी निर्देशक सुरेश भुषालले बताउनुभयो । यस्तै केन्द्रका सल्लाहकार शुष्मा लामिछाने गिरीले सबैको प्रयासले सुन्दर समाज बन्ने बताउनुभयो ।

संस्थाका सल्लाहकार जीतसागर जी.एमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार रिता केसीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ बैशाख २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस