२०८१ फाल्गुन ७ गते बुधवार

आजदेखि तीन दिनसम्म जयनगर–जनकपुर–भङ्गहा रेलसेवा बन्द गरिने

दाङ, २३ बैशाख । भारतमा हुने लोकसभा चुनावका लागि जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म बन्द गरिने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुन लागकोले रेलसेवा तीन दिन बन्द रहने नेपाल रेल्वे कम्पनी लिमिटेडले आज सूचना निकालेर जानकारी दिएको छ ।

चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले जयनगर–जनकपुर–भंगहा रेलसेवा बन्द हुने कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा उल्लेख छ । इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारतका दुवै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा आगामी मङ्गलबारसम्म पूर्णरुपमा बन्द रहने छ ।

प्रकाशित मिति : २०८१ बैशाख २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस