२०८१ जेष्ठ ९ गते बुधवार

वृद्ध सेवा समिति जेष्ठ नागरिक समाज तुलसीपुरको अध्यक्षमा पुन : अधिकारी चयन


दाङ, २२ बैशाख । वृद्ध सेवा समिति जेष्ठ नागरिक समाज तुलसीपुरको अध्यक्षमा पुन : खुमानन्द अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । समितिको शनिबार भएको ८ औँ अधिवेशनबाट अधिकारी अध्यक्षमा चयन हुनुभएको हो ।

समाजको उपाध्यक्षमा इन्द्र बहादुर बुढाथोकी, महिला उपाध्यक्षमा शुष्मा लामिछाने गिरी, महासचिवमा शेषमणी रिजाल चयन हुनुभएको छ । यस्तै सचिवमा राधेश्याम उपाध्याय, सहसचिमा धु्रव गौतम, कोषाध्यक्षमा झग्गुप्रसाद गौतम, सहकोषाध्यक्षमा गीता शर्मा चयन हुनुभएको छ ।

यस्तै सदस्यमा जाल्पादेवी दमाई, रामसरी बस्नेत, घनश्याम उपाध्याय, जागेश्वर भण्डारी, रुद्रमणी शर्मा, बिक्रम सोमै, देवी डाँगी, गोविन्द प्रसाद आचार्य, मीठ्ठा ढकाल र नारायणी रिजाल चयन हुनुभएको छ ।

समाजको शनिबार तुलसीपुरमा ८ औँ अधिवेशन तथा २२ औँ साधारणसभा भएको हो । समाजका अध्यक्ष खुमानन्द अधिकारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०८१ बैशाख २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस