२०८१ फाल्गुन ७ गते बुधवार

नमस्ते एकता यातायात प्रालिको सातौँ साधारण सभा


तुलसीपुर, २० बैशाख । नमस्ते एकता यातायात प्रालि तुलसीपुरले बिहिबार सातौँ साधारणसभा गरेको छ । प्रालिका अध्यक्ष रोमहर्ष केसीको अध्यक्षतामा साधारणसभा गरिएको हो ।

साधारण सभामा संस्थाका कोषाध्यक्ष तिलकराम भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । त्यस अवसरमा संस्थाका सल्लाहकार ईश्वरीप्रसाद गैरेले अटो व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन प्रालिले महत्वपूणर् भूमिका खेलेको बताउनुभयो ।

यात्रालाई सुरक्षित बनाउनका लागि चालक जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने भन्दै यात्रुमैत्री व्यवहार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । विस २०७४ सालमा स्थापना भएको प्रालिमा १७० व्यवसायी आवद्ध रहेको प्रालिका अध्यक्ष रोमहर्ष केसीले बताउनुभयो ।

साधारण सभामा प्रालिले चालकलाई सम्मान समेत गरेको छ । प्रालिले लामो समयदेखि प्रालिमा आवद्ध हुनुभएका पोषणराज बस्नेतलाई बिदाई तथा सम्मान गरेको छ भने अन्य १३ चालकलाई पनि सम्मान गरिएको अध्यक्ष केसीले बताउनुभयो ।

संस्थाका सदस्य जेम बहादुर सुनारको स्वागत मन्तव्यबाट शुरु भएको साधारण सभाको सहजीकरण सचिव होताराम बिष्टले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस