२०८३ असोज २७ गते मङ्गलवार

तिब्र गतिमा रहेको अटो आफै अनियन्त्रित हुँदा एक जना घाईते

दाङ, १९ बैशाख । तुलसीपुरमा अटो दुर्घटना हुँदा एक जना घाईते भएका छन् । दुर्घटनामा रुकुम पश्चिमको सानोभेरी गाउँपालिका वडा नम्बर ७ का ३२ वर्षिय लक्ष्मण बुढाथोकी घाईते हुनुभएको हो ।

घाईते बुढाथोकीको ढाड, दुवै हात , खुट्टा र टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

दाङ-सल्यान सडकखण्ड अन्तगर्त तुलसीपुर-५ सल्यानरोडमा रक्षाचौरतर्फ गइरहेको रा १ ह ५५३७ नम्बरको अटो आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो । अटो तिब्र गतिमा रहेका कारण आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाईते बुढाथोकीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस