२०८१ मङ्सिर २२ गते शनिवार

तुलसीपुर-७ को पहलमा वडा नम्बर ४ जोड्ने सडक स्तरोन्नती हुँदै


तुलसीपुर, १८ बैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ र ४ को सिमाना जोड्ने सडक स्तरोन्नती हुन थालेको छ । वडा नम्बर ७ को पहलमा आधा किलोमिटर भन्दा बढी सडक पक्की नाला मेशनरी वालसहितको स्तरोन्नती हुन लागेको हो ।

वडाको पहलमा प्रदेश सरकारको ४० लाख बजेटमा पक्की नालासहित सडकको स्तरोन्नती गर्न लागेको वडा अध्यक्ष रामबहादुर जिसीले जानकारी दिनुभयो ।

अहिले वडा नम्बर ४ को सिमानासम्म स्तरोन्नती गरिने र आगामी दिनमा माथिल्लो हलवारसम्म स्तरोन्नती गरिने उहाँले बताउनुभयो । अहिले सडकमा नाला जितपुर क्षेत्रमा निर्माणको काम भइरहेको अध्यक्ष जिसीले बताउनुभयो ।

उहाँका अनुसार वडामा सडक कालोपत्रे, नाला निर्माण लगायतका काम भइरहेका छन् । आगामी आर्थिक वर्षमा पनि सडकको स्तरोन्नती गर्ने काम निरन्तर चलिरहने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस