२०८१ फाल्गुन ३ गते शनिवार

हाटबजारमा खसीबोका बिक्री गर्ने किसानलाई रुण्टीगढीले थप रकम दिने

रोल्पा, १७ बैशाख । रोल्पाको रुण्टीगढी गाउँपालिकाकाको होलेरी कृर्षि हाटबजारमा खसी बोका बिक्रि गर्ने किसानलाई गाउँपालिकाले थप रकम उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले आइतबारदेखि संचालनमा ल्याएको खसिबोका हाटबजारमा किसानले खसिबोका बिक्रि गरेमा प्रतिकेजी २५ रुपैँया थप रकम उपलब्ध गराउने भएको हो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाको सहकार्य एंवम् रुन्टीगढी गाउँपालिकाको आयोजना तथा गाउँपालिकाका गैर सरकारी संघ संस्थाहरुको सहयोगमा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ ।

बिक्री केन्द्रबाट आइतबार किसानले ल्याएका ३२ खसी बोका बिकी्रबाट ५ लाख बराबरको आम्दानी भएको थियो । हाटबजारबाट खसी बोका बिक्री हुँदा किसान ठगिनबाट पनि बच्ने र व्यापारी गाउँ-गाउँमा घुम्नुपर्ने बाध्यताको पनि अन्त्य हुने गाउँपालिका अध्यक्ष जनक पुनले बताउनुभयो ।

रोल्पामा पहिलो खसी बोका हाटबजार भएको बताउदै यसलाई दिगो बनाउन गरिने सहयोगमा भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पा तत्पर रहेको कुरा कार्यालयका प्रमुख डां.शंकर न्यौपानेले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस