दाङ, १३ बैशाख । दाङको तुलसीपुरमा सहकारी संस्थाका अध्यक्षलाई क्षमता विकास तालिम प्रदान गरिएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड तुलसीपुर शाखाको आयोजनामा भएको ‘अध्यक्षको क्षमता विकास तालिम’ तालिम बुधबार र बिहिबार दुई दिनसम्म संचालन भएको हो ।
तालिममा विभिन्न ४६ वटा सहकारी संस्थाका अध्यक्षको सहभागीतामा रहेको होे । तालिममा सहकारीता, सहकारी मुल्य मान्यता तथा सिद्घान्तको व्यवहारिक प्रयोग, कार्ययोजना तथा बजेट निमाणर्, ऋण व्यवस्थापन ,व्यवस्थापन प्रतिवेदन, वित्तीय साक्षरता, सहकारी ऐन नियमावली र निर्देशनको परिपालना, वित्तीय विश्लेषण, आन्तरिक नियन्त्रण र जोखिम व्यवस्थापन लगायतको विषयमा प्रशिक्षक अनिल वीर बद्राचार्यले २ दिनसम्म तालिम प्रदान गर्नु भएको हो ।
तालिम समापन कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड दाङका अध्यक्ष हेमराज गौतमले सहकारी संस्थाहरु ऐन, नियम तथा सहकारी बिभागको निर्देशन अनुसार नचलेका कारण सहकारी क्षेत्रमा केहि समस्या देखिएको र विभिन्न तालिमबाट प्राप्त सिपलाई सहकारी संस्थाको विकासमा लगाउनुपर्ने बताउनुभयो ।
उहाँले सहकारीको परिकल्पना बमोजिम सदस्यको आर्थिक विकासमा सहयोग पुग्ने गरी सम्पुणर् सहकारीले काम गर्नुपर्ने सुझाउनुभयो ।
तालिममा सहभागिहरुले सहकारी बैँकबाट आगामि दिनहरुमा पनि यस्तै तालिमहरु आयोजना गरी थप प्रशिक्षित गरोस् भन्ने अपेक्षाको साथै अध्यक्षको क्षमता विकास तालिम प्रभावकारी भएको प्रतिक्रिया दिए ।
तालिम जिल्ला सहकारी संघ लिमिटेड दाङका अध्यक्ष हेमराज गौतमको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड तुलसीपुर शाखाका प्रमुख अजय रोकायको संचालनमा गरिएको हो ।
एन.सि.वि.एल सदस्य शिक्षा कार्यक्रम अन्र्तगत बैकका देशैभरीका ६८ वटै शाखा कार्यालयबाट निःशुल्क रुपमा सहकारी संस्थाका अध्यक्ष , सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र व्यवस्थापनलाई विभिन्न क्षमता विकास तालिम संचालन हुने गरेको छ । सोहि अन्र्तगत राष्ट्रिय सहकारी बैंक लिमिटेड तुलसीपुर शाखाले यस तालिम आयोजना गरेको थियो ।


