२०८१ बैशाख १९ गते बुधवार

सल्यान दुर्घटना अपटेड : घाइतेको पूरा विवरणसहित

सल्यान, ५ बैशाख । दाङबाट रुकुम जान लागेको बस सल्यानमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । बस दुर्घटनमा परी घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका ४ का ४६ वर्षीय गाडी धनि विष्णु विक, तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीका २९ वर्षीय कृष्ण चौधरी, ३६ वर्षीया दिलकुमारी गौतम, तुलसीपुर-४ रक्षाचौरकी २६ वर्षीया खिमा विक रहनुभएको छ ।

यस्तै तुलसीपुर-६ का ३४ वर्षीय बस चालक पूणर् शम्शेर जबरा, तुलसीपुर-७ पर्सेनीकी ४९ वर्षीया ठगी बुढा, ४७ वर्षीया मुम्भ कुमारी बुढा, रुकुम पश्चिमको चौरजहारी नगरपालिका-२ की २२ वर्षीया पुष्पा चन्द रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यस्तै सल्यानको शारदा नगरपालिका-५ की १९ वर्षीया सपना भण्डारी, बागचौर नगरपालिका-१ गैराबेतकी ५० वर्षीया भुमा बस्नेत, शारदा नगरपालिका-१५ की २३ वर्षीया योगमाया बस्नेत, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका-२ का ६ वर्षीय रेशम मगर, रुकुम पश्चिमको चौरजहारी नगरपालिका-९ का २९ वर्षीय उमेश मल्ल रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै रुकुम पूर्वको सिस्ने गाउँपालिका-६ की ११ वर्षीया अरुणा गौतम, रुकुम पश्चिमको बाफीकोट गाउँपालिका-१ का १४ वर्षीय निश्चल हमाल, सल्यानको बागचौर नगरपालिका-२ की ललिता बस्नेत, सोही ठाउँका २५ वर्षीय सुरेन्द्र बस्नेत, छत्रेश्वरी गाउँपालिका-१ दमाचौरका ३१ वर्षीय विरेन्द्र चन्द, सिद्ध कुमाख गाउँपालिका-१ का १७ वर्षीय बिरबहादुर बस्नेत, त्रिवेणी गाउँपालिका-६ का ३३ वर्षीय बसन्तजंग क्षेत्री र रोल्पा रन्टीगढी गाउँपालिका-५ का २५ वर्षीय रञ्जित विक रहेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ३ जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी नविन कार्कीले जनाकारी दिनुभयो । बाँकी मध्यम र सामान्य घाइतेको सल्यानको बागचौरमा उपचार भइरहेको छ । दाङको घोराहीबाट रुकुमकोट जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर आज बुधबार बिहान दुर्घटना भएको हो । राप्ती राजमार्ग अन्तर्गत दाङ रूकुम सडक खण्डको बागचौर नगरपालिका-२ ठिङबाङमा रहेको खोलाको पुलबाट बस खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस