२०८१ बैशाख १९ गते बुधवार

नयाँ वर्षकै दिन मोटरसाइकल र स्कुटी ठोक्किए, चार जना घाईते


दाङ, १ बैशाख । दाङमा शनिबार बेलुकी मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किदा चार जना घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरिक्षक नवचन्द्र मल्लका अनुसार तुलसीपुर-सुर्खेत सडकखण्ड अन्तगर्त बबई गाउँपालिका-५ पदमपुरस्थित दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर-३ का १९ वर्षिय आशिष खड्का र मोटरसाइकलमा पछाडि सवार सोहि ठाउँका १४ वर्षिय सरोज खड्का घाईते भएको प्रहरीले जनाएको छ ।

यस्तै स्कुटी चालक बबई गाउँपालिका वडा नम्बर ३ हंसपुरका ५२ वर्षिय देवप्रसाद आचार्य र स्कुटरमा पछाडि सवार बबई-५ खैरबट्टीका ४८ वर्षिय कुल बहादुर वली घाइते भएको प्रहरी निरिक्षक मल्लले जानकारी दिनुभयो ।

घाइते मध्ये दुई जना सरोज र कुलबहादुरलाई नेपालगञ्ज लगिएको छ भने दुई जनाको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

तुलसीपुरबाट हापुरेतर्फ जाँदै गरेको रा ८ प ३२८७ नम्बरको मोटरसाइकललाई सोहि दिशातर्फ जाँदै गरेको रा ५ प ९६७५ नम्बरको स्कुटीले ओभरटेक गर्दा दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार
प्रतिक्रिया दिनुहोस