२०८१ मङ्सिर २२ गते शनिवार

हातहतियारको नवीकरण गर्न जिल्ला प्रशासनको आग्रह

दाङ,२८ चैत । जिल्ला प्रशासन कार्यालय दाङले विभिन्न मितिमा हातहतियार राख्ने इजाजत पत्र लिएका व्यक्ति/संस्थाहरुलाई नियमानुसार नवीकरण गर्न आग्रह गरेको छ ।

कार्यालयले बुधबार सूचना प्रकाशित गदै अभिलेखमा कतिपय इजाजत प्राप्त व्यक्ति/संस्थाले नवीकरण नगराएको नदेखिएको हुँदा नविकरण गर्न भनेको हो ।

सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र अनिवार्य नवीकरणको लागि हातहतियार र इजाजत पत्र सहित उपस्थित भई नवीकरण गराउनु हुन तथा ५ वर्ष भन्दा बढी नवीकरण नगरी म्याद गुजारेकाहरुको हकमा नजिकको प्रहरी/इलाकामा उक्त हातहतियार र इजाजत पत्र अनिवार्य रुपमा बुझाउन प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदिले अनुरोध गर्नु भएको छ ।

सूचनामा जुन जिल्लाबाट आतहतियार खरखजनाको इजाजत पत्र जारी भएको हो सोही जिल्लाबाट मात्रै इजाजत पत्र नविकरण गरि इजाजत प्राप्त हातहतियार सम्बन्धि व्यक्तिको साथमा नभई अन्य व्यक्तिको साथमा रहेको पाइएमा निजको इजाजतपत्र रद्ध गरी सो हतियार समेत जफत गरिने उल्लेख गरिएको छ ।

यस्तै हातहतियारको इजाजतपत्र प्राप्त गरेको जिल्ला बाहेक अन्य जिल्लामा सुरक्षा संवेदनशिल स्थानहरुमा लैजान नमिल्े भएकोले नियमको पूर्व पालना गर्नुपर्ने छ ।

प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस