दाङ, २८ चैत । दाङमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । बसको ठक्करबाट मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २३ वर्षिय सौगात ओलीको मृत्यु भएको हो ।
यस्तै मोटरसाइकलमा सवार रहेका तुलसीपुर उपमहानगरपालिका ११ बेलदमारका वर्ष ३५ का शरद लामिछाने गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्लका अनुसार घोराही उपमहानगरपालिका १७ बेलभार, सिस्नेखोलाको ओरालोमा बसले ठक्कर दिएको हो ।
तुलसीपुरबाट काठमाण्डौ जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्री बसले गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई गएराती ठक्कर दिएको हो ।
प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार