
रोल्पा, २७ चैत । रोल्पाको होलेरीमा बाख्रापालन तथा बजारीकरण सम्बन्धी तीन दिने तालिम सुरु भएको छ । डिकोस रोल्पाको समुन्ती परियोजनाको आयोजना तथा रुन्टीगढी गाउँपालिका पशु शाखाको समन्वयमा तालिम सुरु भएको हो ।
रुन्टीगढी गाउँपालिकाका कृषकको माग अनुसार तालिम संचालन गर्न लागिएको हो । तालिम तीन दिन सम्म संचालन गरिने भएको छ ।
तीन दिनसम्म संचालन गरिने तालिममा रुन्टीगढीका विभिन्न कृषक समुहहरुबाट २१ जना बाख्रापालन कृषकहरुको सहभागीता रहेको छ ।
तालिम उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष तथा उद्घाटन समारोहका अध्यक्ष सरिता केसीले बाख्रापालन व्यवसाय अन्य व्यवसाय भन्दा सजिलो व्यवसाय भएकाले व्यवस्थित संग गर्न सके आम्दानी लिन सकिने बताउनुभयो ।
उहाँले तालिम लिइसकेपछि व्यवसाय राम्रो बनाउन सके मात्र राज्यको लगानी सही ठाउँमा सदुपयोग हुने समेत बताउनुभयो ।
रुन्टीगढी गाउँपालिका उपाध्यक्ष सरिता केसीको अध्यक्षतामा तालिम उद्घाटन कार्यक्रम भएको हो ।
त्यस अवसरमा रुन्टीगढी गाउँपालिका पशु शाखा प्रमुख श्याममणी विक, समुन्ति परियोजना उद्यम विकास अधिकृत भिम बहादुर खत्री, समुन्ति परियोजना कृषि प्राबिधिक यमराज घर्तीकोको उपस्थिति रहेको थियो ।
तीन दिनसम्म संचालन हुने तालिमको प्रशिक्षक रुन्टीगढी गाउँपालिका पशु शाखा प्रमुख श्यामणी विक रहनु भएको छ ।
तालिम बाख्रा पालन व्यवसायलाई कसरी व्यवस्थित र बजारीकरण गर्न सकिन्छ भन्ने उदेश्यका साथ संचालन गरिएको हो । तालिम उद्घाटन सत्रको सहजीकरण समुन्ति परियोजना सामाजिक परिचालक यादब गीरीले गर्नुभएको हो ।