२०८१ फाल्गुन ६ गते मङ्गलवार

वनस्पति दिवसमा टिमुर कप ब्याड्मिन्टन प्रतियोगिता

सल्यान, २५ चैत । सल्यानको कपुरकोटमा टिमुर कप खुला ब्याडमिन्टन प्रतियोगिता भएको छ । वनस्पती अनुसन्धान केन्द्रमा संचालित प्रतियोगिताको उद्घाटन कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले गर्नुभएको हो ।

प्रतियोगितामा कपुरकोट गाउँपालिकाका ११ टीमको सहभागीता रहेको थियो । प्रतियोगितामा आस्थायी प्रहरी कपुरकोटमा कार्यरत खगेश्वर थापा र नवराज जैसीको टीम प्रथम, सुवास हमाल र भुवन डाँगीको टीम द्वितीय र कपुरकोट ३ निवासी नवराज बुढाथोकी र जीवन शर्मा तृतीय भएका छन् ।

बनस्पति अनुसन्धान केन्द्रको आयोजना र विशेष सहयोगका साथ कपुरकोट गाउँपालिकाको व्यवस्थापकिय सहयोग रहेको प्रतियोगितामा प्रथम पुरस्कार निर्माण व्यावसायी युवराज लामाले ८ हजार , द्वितिय पुरस्कार कपुरकोट ब्याड्मिन्टन संघले ५ हजार र तृतिय पुरस्कार रेलिगाई होटेल एन्ड लजले ३ हजार प्रदान गरेको हो ।

विजेताहरुलाई पुरस्कार र प्रमाण पत्र भने वनस्पती अनुसन्धान केन्द्रको वनस्पती दिवसको बिशेष दिन चैत्र २९ मा एक समारोह बिच प्रदान गरिने केन्द्रका कार्यालय प्रमुख डा मित्र पाठकले बताउनुभयो ।

“स्थानीय समुन्नतीमा स्वस्थानीय वनस्पति’ भन्ने नाराका साथ मनाइदै गरेको वनस्पति विभागको ६४ औं वार्षिकोत्सव तथा २५ औं वनस्पति दिवसको उपलक्ष्यमा वनस्पति अनुसन्धान केन्द्र सल्यानको सप्ताह रुपि दिवस शुक्रबार प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले मूलपानी वनस्पति उद्यान परिसरमा टिमुरको बिरुवा रोपण गरेर उद्घाटन भएको थियो ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस