२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जना घाइते


तुलसीपुर, २२ चैत । दाङको तुलसीपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जना घाइते भएका छन् ।
तुलसीपुर ६ गोलौरा बाट राजपुर तर्फ जादै गरेको रा ६ प ८३१५ नंम्बरको स्कुटी र बिपरित दिसा बाट आउँदै गरेको रा १ त ३३१२ नंम्बरको ट्याक्टर एक आपसमा ठोकिदा तीन जना घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घाइते हुनेमा स्कुटी चालक दंगिशरण गाँउपालिका ६ राजपुरका १६ वर्षीय प्रज्वल डाँगी, स्कुटिको पछाडी सवार तुलसीपुर ६ का १४ वर्षीय अनुज योगी र ट्याक्टर चालक तुलसीपुर -१२ का १८ वर्षका दिपेश चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

घाइते तीनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी निरिक्षक मल्लले बताउनुभयो ।

यस्तै तुलसिपुर-७ मा रहेको सहकारी पेट्रोल पम्प नजिकै बाईक आफै यनियन्त्रीत हुँदा तुलसीपुरका – ७ का १५ वर्षका सबिन पाण्डे घाइते हुनुभएको छ ।

शिवनगर बाट गोठिखोला तर्फ जादै गरेको रा ७ प ९७४९ नंम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते पाण्डेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी निरिक्षक मल्ले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस