२०८१ मङ्सिर २३ गते आइतवार

बढ्यो गर्मी, दाङको अधिकतम तापक्रम ३५ डिग्री सेल्सीयसभन्दा माथि

दाङ, २२ चैत । दाङसहित तराईका जिल्लामा गर्मी बढ्दै गएको छ । जल तथा मौसम फिल्ड कार्यालय घोराहीका अनुसार आजको अधिकतम तापक्रम ३५ दशमलव २ डिग्री सेल्सीयस पुगेको छ ।

पछिल्ला दिनमा अधिकतम तापक्रम निरन्तर उकालो लागेको छ । जिल्लामा एक साताअघि १५ चैतमा अधिकत तापक्रम २८ दशालव ५ डिग्री सेल्सीयस रहेको थियो । एक सातामै ७ डिग्री सेल्सीयस तापक्रम बढेको छ ।

पछिल्लो समय तापक्रम उकालो लागेपछि गर्मी बढ्दै गएको छ । गर्मीका कारण दैनिक ज्याला मजदुरी गर्ने वर्ग बढी समस्यामा परेको छ । गर्मी बढेपछि चिसो पेय पदार्थ बिक्रिवितरण बढेको छ ।

गर्मीमा तातो हावा (लू) बाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुनेजस्ता समस्या देखिन्छन् ।

यसबाट बच्न तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहन मौसम विभागको आग्रह छ ।

बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जूस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउन पनि विभागको अनुरोध छ ।

प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस