
दाङ, २२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ४ बजे प्रदेश सभाको बैठक डाकिएको छ ।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि प्रदेशमा पनि माओवादी केन्द्रले मुख्यमन्त्रीलाई दिएको समर्थन फागुन २३ गते फिर्ता लिएको थियो । सरकारमा रहेको दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिन लाग्नु भएको हो ।
चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । प्रदेश सभाको अंकगणितले उहाँले विश्वासको मत पाउने सम्भावना न्यून रहेको छ ।
प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार