२०८१ बैशाख ११ गते मङ्गलवार

दाङमा दुई वटा बस ठोक्किए

दाङ, २१ चैत । दाङमा दुई वटा बस एकआपसमा ठोक्किएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तगर्त लमही नगरपालिका वडा नम्बर ३ को बनगाउँमा दुई वटा बस ठोक्किएको प्रहरीले जनाएको छ ।

तुलसीपुरबाट बुटवल जाँदै गरेको रा १ ख २५८१ नम्बरको बस र बुटवलबाट सुर्खेतका लागि छुटेको लु १ ख ७३३६ नम्बर बस एकआपसमा बुधबार बिहान पौने १२ बजेतिर ठोक्किएको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनामा कम्तिमा ९ जना घाईते भएको प्रहरीले जनाएको छ ।

दुर्घटना दुबै बसमा सवार यात्रु घाइते भएको प्रहरीले जनाएको छ । सामान्य घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई बाहिर पठाउने तयारी भैरहेको छ ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस