२०८१ बैशाख ५ गते बुधवार

जामुनेचौरमा मनायो साना किसानले राष्ट्रिय सहकारी दिवस

दाङ,२० चैत । सल्यानको कपुरकोटमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड लिमिटेडले बुधबार ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाएको छ । सहकारीले कपुरकोट-५ जामुनेचौरमा सहकारी दिवस मनाएको हो ।

खिमा रोका साहुको अध्यक्षता तथा तिर्थराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि शर्माले सहकारी सानो पुँजी संकलन गरी ठुलो लगानी गर्ने माध्यम भएको बताउनुभयो । उहाँले शेयर सदस्यले सहकारीबाट लिएको कर्जाको सहि प्रयोग गरेमा आर्थिक विकासमा ठुलो टेवा पुग्ने बताउनुभयो ।

सहकारीमा सुशासन, प्रविधि र एकिकरण’ भन्ने मुल नाराका साथ दिवस मनाइएको हो । नेपालमा २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भइ सहकारी आन्दोलनको शुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो ।

कार्यक्रमको सहजीकरण सहकारीका प्रवन्धक जीतप्रसाद आचार्यले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस