२०८१ बैशाख ५ गते बुधवार

सानीमा रिलायन्सका अभिकर्तालाई पुनर्ताजगीकरण


दाङ, १७ चैत । सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स सल्यान शाखाले शनिबार अभिकर्ता पुनर्ताजगीकरण तालिम संचालन गरेको छ । आम नागरिकलाई जीवन बिमाको पहुँचमा जोड्न सल्यान शाखाले अभिकर्तालाई पुनर्ताजगी तालिम प्रदान गरेको हो ।

अभिकर्तालाई एरिया प्रवन्धक रुद्रप्रसाद अधिकारीले प्रशिक्षण गर्नुभएको हो । उहाँले प्रशिक्षणको क्रममा जीवन बिमा वचतसंगै जोखिम सुरक्षा पनि भएकालाई आम नागरिकलाई बिमाको पहुँचमा जोड्नुपर्ने बताउनुभयो ।

बिमाबारे बुझ्न समय लागेपनि बुझाउन छोड्न नहुनेमा उहाँले जोड दिनुभयो । कार्यक्रमको सहजीकरण सल्यान शाखा प्रमुख रमेश खड्का गर्नुभएको हो । तालिममा करिब ३० जनाको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०८० चैत्र १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस