
तुलसीपुर, १७ चैत । हरेक नागरिक बिमामा जोडिनुपर्ने तुलसीपुरमा आयोजित कार्यक्रमका सहभागीले बताएका छन् ।
सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स तुलसीपुर शाखाले आयोजना गरेको बनभोज कार्यक्रममा सहभागीहरुले बिमाबारेको बुझाईलाई फराकिलो बनाउन हरेक नागरिकलाई बुझाउन आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स तुलसीपुर शाखा प्रमुख डम्बर केसीले वचत गरी सुन्दर भविष्य निर्माणका लागि जीवन बिमा अनिवार्य गर्नुपर्ने बताउनुभयो । उहाँले जीवन बिमा बारेको बुझाइ फराकिलो बन्न नसक्दा धेरै नागरिक बिमाको पहुँचबाहिर रहेको बताउनुभयो ।
उहाँले तुलसीपुर क्षेत्रमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा आवद्धहरुलाई शनिबार बनभोज कार्यक्रम गरिएको बताउनुभयो ।
प्रकाशित मिति : २०८० चैत्र १७ गते शनिवार