२०८१ बैशाख ११ गते मङ्गलवार

खुमबहादुरको शालिक अनावरण गर्न देउवा आज दाङमा आउँदै


दाङ, १६ चैत । अमिलियामा निर्माण गरिएको स्वर्गीय खुमबहादुर खड्काको शालिकको आज अनाबरण गरिने भएको छ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाले शालिकको अनावरण गर्ने कांग्रेसले जनाएको छ ।

बिहान ११ बजे शालिक अनाबरण गरिने नेपाली कांग्रेसका जिल्ला सभापति शंकर डाँगीले जानकारी दनुभयो ।

शालिकको अनावरण पाटी सभापतिले नै गर्ने अडानमा रहेको दाङ कांग्रेस अन्ततः खड्काको शालिक अनावरणका लागि पार्टी सभापति देउवालाई नै ल्याउने भएको हो । शालिक अनावरण स्थलमा कांग्रेसले बृहत कार्यक्रम भने नराखेको जिल्ला सभापति डाँगीले बताउनुभयो ।

प्रकाशित मिति : २०८० चैत्र १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस