२०८१ फाल्गुन १ गते बिहिवार

दाङमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

दाङ, ११ चैत । दाङमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी राजपुर गाउँपालिका–५ नौसहराका २४ वर्षीय प्रमोद यादव र २४ वर्षकै प्रदीप यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

राजपुर गाउँपालिका–५ जंग्रहवा र नौसहरा बिचमा रहेको कोरियाखोला पुल नजिक शनिबार रा १ ख २३६० नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको रा ७ प २०७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० चैत्र ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस