
दाङ, ९ चैत । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको तुलसीपुर शाखाले शुक्रबार प्रथम वार्षिक उत्सव मनाएको छ । गतवर्ष आजकै दिन चैत ९ गते साविकका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स मर्ज भएको थियो ।
तुलसीपुर शाखाले केक काटेर प्रथम वार्षिकोत्सव मनाएको शाखा प्रमुख डम्बर केसीले जानकारी दिनुभयो । उहाँले तुलसीपुरसहित देशैभर प्रथम वार्षिकोत्सव मनाएको बताउनुभयो । तुलसीपुरमा पनि कर्मचारीको उपस्थितिमा वार्षिकोत्सव मनाएको उहाँले बताउनुभयो ।
बीमा कम्पनीहरूको पुँजी वृद्धि गरि समग्र बीमा क्षेत्रलाई अझै मजबुत बनाई उत्कृष्ट ग्राहक सेवा प्रवाह गर्न गतवर्ष मर्ज भएको दिनलाई वार्षिकोत्सव मनाएको बिमा कम्पनिले जनाएको छ ।
दुई कम्पनी गाभिएर बनेको बीमक सानिमा रिलायन्सको चुक्ता पुँजी ४.१८ अर्ब रहेको छ भने लगानी १७ अर्ब नजिक र जीवन बीमा कोष १२.६९ अर्ब रहेको छ । देशभरी १७५ शाखा संजाल मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको कम्पनीको व्यवसाय तथा अधिकांश आर्थिक सूचकाङ्कहरू सकारात्मक रहेका छन् ।