दाङ, ८ चैत । क्यान्सर रोग पीडित उमाराज शर्माको उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरिएको छ । घोराही-८ दुन्द्र गाउँ निवासी क्यान्सर रोग पीडित शर्माको उपचारमा सहयोग गरिदिन उहाका बुवा गिरिराज शर्माले आग्रह गर्नुभएको हो ।
शर्मालाई फोक्सोमा क्यान्सर रोग छ । उपचारमा लाखौँ खर्च भइसकेको र पछिल्लो समय रकम अभावमा उपचार गर्न समस्या भएको परिवारले बताएको छ ।
उमाराज शर्मालाई थप उपचार गराइ रहनुपर्ने डाक्टरको भनाइ अनुसार थप आर्थीक सहयोग आवस्यक परेको हुदा सहयोग गर्न परिवारले अपिल गरेको हो ।
शर्माको भरतपुर क्यान्सर अस्पताल चितवनमा बिरामीको उपचार भइरहेको छ । अस्पतालकै बेडमा बसेर उपचार गराउने पर्ने हो तर पैसाकै अभाव भएका कारण घरबाट आउने जाने गर्ने गरेको बुवा गिरिराज शर्माले जानकारी दिनुभयो ।
सहयोग गर्नका लागि एभरेस्ट बैंकको तहको स्क्यान क्युआर कोड साबित भण्डारीको बैंक खातामा जम्मा गरिदिनु हुन अनुरोध छ ।