२०८१ मङ्सिर २३ गते आइतवार

स्वर्गीय श्रीमणी आचार्यको शालिक निर्माण हुने

दाङ, ८ चैत्र । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा स्वर्गीय श्रीमणी आचार्यको शालिक निर्माण हुने भएको छ । हस्नापुर बेलटाकुरा खानेपानी परिसरमा शालिक निर्माण गरिने तुलसीपुर- ११ का वडा अध्यक्ष मान बहादुर रावतले बताउनुभयो ।

२० लाखको लागतमा श्रीमण पार्क, बनभोज स्थल निर्माण गरिने अध्यक्ष रावतले जानकारी दिनुभयो । श्रीमणी खानेपानी आयोजनाको परिकल्पनाकार समेत हुनुहुन्थ्यो ।

शालिक निर्माणका लागि व्यक्तिगत रुपमा १५ हजार, संस्थागत २५ हजार र ५१ हजारभन्दा माथि सहयोग गर्ने दाताहरुको नाम शिलालेखमा नाम लेखिने वडा अध्यक्ष रावतले जानकारी दिनुभयो ।

स्वर्गीय श्रीमणीले शिक्षा क्षेत्रमा ठूलो योगदान गर्नुभएको थियो । जुन योगदानका कारणले गर्दा आज पनि मानिसहरु श्रीमणी सरका रुपमा उहाँलाई संझना गरिरहन्छन् । २०४९ सालको स्थानीय तहको निर्वाचनका लागि उहाँले शिक्षक जागिर छोड्नुभयो । राजनीतिका लागि, देश र जनताका लागि उहाँले गरेको यो ठूलो त्याग थियो ।

२०५१ सालमा मध्यावधि निर्वाचनको प्रचार प्रसारको क्रममा दाङको विजौरीमा भएको गोलिकाण्डमा गोली लागेका उहाँको २०६४ सालको पुस ३ गतेका दिन निधन भएको थियो ।

प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस