२०८१ बैशाख ११ गते मङ्गलवार

एमाले गरायो पार्टी सदस्यको परिक्षा

दाङ, ५ चैत । नेकपा एमालेले पाटी सदस्यलाई परिक्षा गराएको छ । पाटी सदस्यलाई परिक्षा गराउने अभियान अन्तर्गत तुलसीपुरमा पनि परिक्षा संचालन गरिएको एमाले दाङ सचिवालय सदस्य तथा तुलसीपुर नगर इन्चार्ज मान बहादुर रावतले जानकारी दिनुभयो ।

तुलसीपुर उपहानगरपालिकाको १९ वटै वडा भित्रका पार्टी सदस्यहरुको परिक्षा सम्पन्न भएको उहाँले बताउनुभयो । सोमबार (आज) दिउँसो १२ बजेदेखि परिक्षा सञ्चालन भएको हो ।

परिक्षामा उत्साहजक सहभागिता रहेको इन्चार्ज रावतले बताउनुभयो । एमालेले आफ्ना कार्यकर्ताहरुलाई समय समयमा प्रशिक्षण दिदै आएको उहाँको भनाई छ ।

एमाले लुम्बिनी प्रदेशको निर्देशनमा लुम्बिनी प्रदेशका सबै वडा भित्र सोमबार परिक्षा भएको हो । परिक्षा भएको कापी वडा कमिटिले प्रदेशमा पठाउने उहाँले बताउनुभयो । प्रदेशबाट नै कापी जाँच गरेपछि परिक्षाको नतिजा आउने छ ।

‘यदि परिक्षामा फेल भएमा पाटीले कोचिङ कक्षा सञ्चालन गर्नेछ ।’ उहाँले भन्नुभयो-‘परिक्षामा फेल हुने पार्टी सदस्यलाई प्रशिक्षण दिएर परिक्षामा पास बनाउनेछौँ ।’

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस