तुलसीपुर, १ चैत । तुलसीपुर उपमहानगरपालिकाका किसानले घरमै बसेर मोबाइलबाट परामर्श लिदै आएका छन् ।कृर्षिलाई डिजिटल माध्यमबाट कृर्षि सम्बन्धी समस्याहरु तत्काल समाधानका लागि जियो कृर्षि एपबाट घरमै बसेर सल्लाह लिने गरेका छन् ।
मोवाईल एपकोे माध्यमबाट आफुले गर्न चाहेको खेति तथा पशु व्यवसाय एव्म बजारीकरण,मौसम पूर्वानुमान लगाएतका विषयमा सजिलै जानकारी लिन सकिने कृर्षि शाखा प्रमुख धनराज गौतमले जानकारी दिनुभयो ।
जियो कृर्षि एपबाट अहिले नेपालभर १ लाख ६० हजार प्रयोगकर्ताले परामर्श लिइरहेका रहेका छन् । जसमध्य तुलसीपुर उपमहानगरपालिकामा २ हजार ७ साय प्रयोगकर्ता किसान रहेको प्रमुख गौतमले जानकारी दिनुभयो ।
गतवर्षदेखि जियो कृर्षिले तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा सो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
एपले किसानको वास्तविक समस्या,खेति कहिले गर्ने,वालीको उपचार,बजार मूल्य,औषधी,मौसमको जानकारी लगाएतका विषयहरु एपबाट कृषिृ विज्ञवाहरुको उपस्थितिमा समेत सेवा प्रदान गर्दे आएको छ ।
जियो कृर्षि एपमा जोडिएपछि स्वचालीत रुपमा किसानलाई आवश्यक सम्पूणर् जानकारी म्यासेजबाट प्राप्त हुने उहाँले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाको कृर्षि शाखालाई एक थान रिडेबल मेसीन समेत जियो कृर्षिबाट गतवर्ष नै प्राप्त भएको छ । तुलसीपुरको तरकारी बजारमा दैनिक बजार मूल्य तथा यसको विवरण उपमहानगरको वेभसाइटमा समेत राखिएको छ ।
जसका कारण किसानहरुलाई अझै सहज भएको शाखा प्रमुख गौतमले बताउनुभयो ।