कालिकोट, २७ फागुन । अनुमतिबिनै आफ्नो टोलमा विद्युतको लाइन बिस्तार गर्न खोज्दा कालिकोटको नरहरीनाथ गाउँपालिका-८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
पुराना सहायक रातो पोल निकाल्दै गर्दा गाउँपालिकाको मुख्य लाइनको तारमा पोल छँुदा ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै मृत्यु भएको हो ।
आफूहरूसँग कुनै अनुमति नलिएर आफ्नो घरमा विद्युत् लिन पोल निकाल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको विद्युत् वितरण केन्द्र कालिकोटले जनाएको छ ।
पुराना सहायक लाइनका पोल निकाल्दै गर्दा मुख्य लाइनको तारमा छुँदा करेन्ट लागेको विद्युत् वितरण केन्द्र कालिकोटका कर्मचारी जयप्रसाद पाण्डेले बताउनुभयो ।
पोल निकाल्ने र अर्को ठाउँमा गाड्ने विषयमा जानकारी नभएको उहाँले बताउनुभयो । अनुमतिबिनै पोल निकाल्न खोज्दा यो घटना घटेको हो ।
प्रकाशित मिति : २०८० फाल्गुन २७ गते आइतवार