तुलसीपुर,२४ फागुन । पौडेल वंश महासंघ जिल्ला समिति दाङको भेला तुलसीपुरमा सम्पन्न भएको छ । दाङमा आईपुगेका महासंघका केन्द्रिय सदस्य प्रेम पौडेललाई स्वागतका लागि भेलाको आयोजना गरिएको थियो ।
पौडेल वंश महासंघ दाङका अध्यक्ष रामकुमार पौड्यालको अध्यक्षता तथा केन्द्रिय सदस्य प्रेम पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि पौडेललाई जिल्ला अध्यक्ष रामकुमार पौड्याल तथा तुलसीपुर नगर समिति अध्यक्ष कालिका प्रसाद पौडेल सहितका पदाधिकारीहरुले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा जिल्लामा पौडेल बन्धुहरुले सञ्चालन गरेका गतिविधिका बारेमा जिल्ला अध्यक्ष राम कुमार पौड्यालले पेश गरेको प्रतिवेदनको समिक्षा गरिएको छ । स्वागत कार्यक्रम पश्चात बिहिबारकोे छलफलबाट विभिन्न निणर्य समेत भएको छ। दाङका दश पालिका मध्य बाँकी रहेका सात पालिकामा चैत्र १५ गतेसम्म गाँउपालिका स्तरिय समिति गठन गर्ने निणर्य भएको छ । जसअन्तरगत बबई,दंगिशरण,शान्तिनगर,बंगलाचुली,राजपुर,गढवा र राप्ति गाँउपालिका रहेका छन् ।
तुलसीपुर,घोराही उपमहानगरपालिका तथा लमही नगरपालिकामा यस अघि नै समिति गठन भैसकेका छन् । लुम्बिनी प्रदेशको आगामी बैशाखमा हुने पौडेल वंश महासंघको प्रदेश भेलामा पालिका स्तरीय समितिबाट निर्वाचित पदाधिकारीहरु जिल्लाको प्रतिनिधित्व गरेर सहभागिता जनाउन सकिने छ । यस्तै विभिन्न कुल पुजा समितिहरुबाट समेत सहभागिता जनाउन सकिने भएको छ ।
दर्ता भएका प्रत्यक कुलपुजा समितिबाट तीन जना र दर्ता नभएका कुल पुजा समितिबाट एक जनाले सहभागिता जनाउन पाईने भएको हो। कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सदस्य प्रेम पौडेलले बन्धुहरु विचको आपसी सद्भाव एवं एकाताको शन्देस पौडेल वंश महासंघले प्रवाह गरेको बताउनुभयो ।
आगामी बैशाखमा हुने प्रदेश भेलाको तयारीका लागि भेटघाट गर्न दाङ आइपुग्नुभएका उहाँले चितवनको देबघाटमा आत्रेय गोत्र पौडेल वंश महासंघको ३० कोठे भवन शिलन्यास भएर काम भैरहेको जानकारी दिनुभयो । महासंघको नाममा सो क्षेत्रमा तीन बिगाह जमिन रहेको छ ।
सोही जमिनमा संस्थाको प्रशासनिक भवन,१० जना सम्म बस्न सकिने अतिथि सत्कार भवन ,सभाहल ,पुस्तकालय लगाएतका संरचना रहेका छन् । यस्तै पौडेल वंशबाट निर्वाचित नेपालका पूर्व प्रधानमन्त्री रंगनाथ पौडेलको शालिक स्थापना गरिएको छ । यसवर्ष कवि शिरोमणी लेखनाथ पौड्यालको शालिक निर्माण भैरहेको उहाँले जानकारी दिनुभयो । स्वागत तथा छलफलमा जिल्लाका पदाधिकारी तथा तुलसीपुर नगरसमितिका पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रममा धन्यवाद ज्ञापन पौडेल वंश महासंघ तुलसीपुर नगर समिति अध्यक्ष कालिका प्रसाद पौडेलले गर्नुभएको थियो ।


