२०८१ मङ्सिर २३ गते आइतवार

रास्वपाले गृह र शिक्षासहित चार मन्त्रालय पाउने

दाङ, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयसहित चार मन्त्रालय लिने भएको छ । बालुवाटारमा बुधबार दिउँसो बसेको सत्ता गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति जुटेको हो ।

रास्वपा स्रोतका अनुसार गृहसहित चार मन्त्रालय लिने सहमति भएको हो । स्रोतका अनुसार गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय रास्वपाले लिने भएको छ ।

सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन् । शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ, श्रममन्त्रीमा उपसभापति डोलप्रसाद अर्याल (डिपी) बन्ने भएका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस