
दाङ, २३ फागुन । केन्द्रमा समीकरण भत्किएपछि लुम्बिनीमा पनि माओवादी मन्त्रीहरुलाई सरकारबाट हटाइएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।
मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसी नमुनालाई बरखास्त गर्नुभएको हो । माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरिएको मुख्यमन्त्री कार्यलयले जनाएको छ ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार गोपाल शर्मा भट्टराईले दुई जना मन्त्रीलाई बर्खास्त गरिएको बताउनुभयो ।
प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार