२०८१ फाल्गुन १ गते बिहिवार

साथीको जान हिडेकी गिता पाँच दिनदेखि वेपत्ता

दाङ,१८ फागुन । तुलसीपुरबाट एक किशोरी पाँच दिनदेखि बेपत्ता भएकी छन् ।

सल्यानको बागचौर नगरपालिका-१२ बाँफखोला घर भई दाङको तुलसीपुर उपमहानगरपालिका-९ दोघरेमा बस्दै आएकी १९ वर्षकी गिता खत्री सम्पर्क बिहिन भएकी हुन् । दोघरेमा फुपाजु बिरेन्द्र कुमार डाँगीको घरमा बसेर गिताले तुलसीपुरमा कोरीयन भाषा अध्ययन गरिरहेकी थिइन् ।

गत सोमबार बिहान ११ बजे घरबाट साथीकोमा जान्छु भनेर हिँडेपछि सम्पर्क बिहिन भएको परिवारले जनाएको छ । पाँच दिनदेखि वेपत्ता भएकी गिता अहिलेसम्म कतै फेला नपरेको बुवा मोहबिर खत्रीले बताउनुभयो ।

उनलाई परिवारले खोजतलास गर्दा कतैपनि फेला नपारेकोले कहिँकतै फेला पार्नुहुनेले प्रहरी वा परिवारका सदस्यलाई ९८०६२०८०३५,९७४२५९८३६० र ९८१०९३६०५१ मा सम्पर्क गर्न हुन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस