२०८१ फाल्गुन १ गते बिहिवार

तुलसीपुर उमनपाबाट ३९ जनाको टोली काठ्माण्डौँ भ्रमणमा जाँदा ६ लाखभन्दा कम खर्च भएको दावि


दाङ, १७ फागुन । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीसहित काठ्माण्डौमा भ्रमणमा गएको भ्रमण टोलिले भ्रमण उपलब्धिपूणर् भएको दावि गरेको छ । गत फागुन २ गते तुलसीपुर उपमहानगरपालिका महिला जनप्रतिनिधि र कर्मचारी गरी ३९ जनाको भ्रमण टोली काठ्माण्डौको भ्रमणमा गएको हो ।

नगरबाट ६ लाख ६४ हजार पेस्की रकम लिएर भ्रमणमा गएकोबारे आलोचना भएपछि बिहिबार पत्रकार सम्मेलन गरी भ्रमण उपलब्धिपूणर् भएको दावि गरिएको हो । नगर उपप्रमुख स्यानी चौधरीले दुई साताअघि काठ्माण्डौमा गएको भ्रमण उपलब्पिूणर् भएको दावि गर्नुभयो । उहाँले आगामी दिनमा पनि नयाँ सिकाईका लागि भ्रमणमा जानुपर्ने बताउनुभयो ।

भ्रमणमा जाँदा राज्यको रकम खर्च भएपनि भ्रमणबाट धेरै कुराहरु सिक्न पाएको उहाँको दावि छ । काठ्माण्डौँ महानगरपालिका, ललित उपमहानगरपालिका, कागेश्वरी मनोहर नगरपालिकामा भएका विकास निर्माणको अवलोकन गरेपछि धेरै सिकाई भएको नगरउपप्रमुख चौधरीको दावि छ । यस्तै महिला तथा बालबालिकाको क्षेत्रमा गरिएका सकारात्मक कामको सिकाई भ्रमण अवलोकनले दिएको उहाँले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका विपद व्यवस्थापन शाखाका रेवा रावतले पालिकाले गरेको न्यायिक सम्पादन, कर्मचारीको व्यवस्थापन, समन्वय, सहकार्य, सरसफाइ लगायतका कामको अवलोकन गरिएको बताउनुभयो ।

उहाँले भ्रमणको क्रममा ६ लाख भन्दा कम खर्च भएको बताउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले भ्रमणमा जाँदा केहि कमजोरी भएपनि उपलब्धिपूणर् रहेको बताउनुभयो । यस्तै वडा नम्बर १३ का दलित महिला सदस्य बिनिता परियारले पनि काठ्माण्डौमा भ्रमणबाट धेरै कुरा सिक्न पाएको बताउनुभयो ।

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस