२०८१ बैशाख ११ गते मङ्गलवार

काठको मुडा प्रहार गरी बाजेको हत्या


रुकुम पश्चिम, १२ फागुन । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १२ जुम्लाबाङका ५१ वर्षिय हस्तराम खड्काको हत्या गरेको आरोप एक ब्यक्ति पक्राउ परेका छन । प्रहरीले खड्काको हत्या आरोपमा सोही गाउँका २३ बर्षिय डिल्लीरमण खड्कालाई पक्राउ गरेको जनाएको छ ।

मृतक हस्तराम र हत्या आरोपी डिल्लीरमण बाजे-नाती हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले हत्या आरोपी खड्कालाई रगत लागेको चप्पल सहित पक्राउ गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार खड्काले सामान्य विवादको क्रममा उत्तिस जातको काठको मुडाले टाउकोमा प्रहार गरि हत्या गरेको स्वीकार गरेका छन । पक्राउ परेका आरोपि खड्कालाई हिरासत कक्षमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान मुसिकोट नगरपालिका -१२ जुम्लाबाङ बुगेरीस्थित बैरागी ठाँटिबाट त्रिवेणीतर्फ जाने सडक छेउमा हस्तरामको शव भेटिएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस