२०८१ बैशाख ११ गते मङ्गलवार

बालबालिकालाई शैक्षिक पोशाक र म्याट सहयोग

दाङ, ११ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ टुनापानीमा रहेको श्री थापापानी प्राथमिक विद्यालयका बालबालिकालाई शैक्षिक पोषाक र म्याट सहयोग गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका ५२ जना बालबालिकालाई पोशाक र म्याट सहयोग गरिएको हो ।

नेपाली कांग्रेस दाङ जिल्ला सदस्य मदन कुमार वलीको समन्वयमा नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका नगर सभापति सुरेश हमाल र व्यवसायी बसन्त केसी , नेपाली कांग्रेस तुलसीपुर-६ का युवा टिम सन्तोष वली, अनिल आचार्य, बालकृष्ण डाँगी लगायतको आर्थिक सहयोगबाट विद्यालयमा अध्ययनरत बालिबालिकालाई पोशाक र म्याट सहयोग गरिएको हो ।

त्यस अवसरमा नेपाली कांग्रेस दाङका सदस्य वलीले बालबालिकालाई अहिले पोशाक र म्याट वितरण गरिएको बताउनुभयो । यस्तै दाङ जिल्ला खेलकुद विकास समिति सदस्य सन्तोष वलीले आगामी दिनमा विद्यालयमा खेलकुदका सामग्री सहयोग गरिने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक इश्वरी घिमिरेले सहयोग गर्ने समुहप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस