२०८१ असोज ४ गते शुक्रवार

आन्दोलित गुठीपिडित मोही किसानले गरे, थाल ठटाएर बिरोध

दाङ, ९ फागुन । चरणवद्ध आन्दोलनको घोषणा गरेका दाङमा रहेका स्वर्गद्धारी गुँठी पिडित मोहि किसानहरुले आज जिल्ला प्रशासन कार्यालय अगाडी रित्तो थाल ठटाएर बिरोध गरेका छन् । दशकौँदेखी आफुहरुले जोत्दै आएको जग्गामा आफुहरुको मोहि रहेको र आफूहरुले पाउनुपर्ने जग्गा सर्वोच्च अदालतले गुठीको जग्गा खण्डीकरण नगर्ने भनी गरेको फैसलाले आफूहरु भोकै मर्नुपर्ने अवस्था आएको भन्दै मोहि किसानहरुले रित्तो थाल ठटाएर बिरोध गरेका हुन् ।

स्वर्गद्धारी आश्रम प्युठानको नाममा दर्ता श्रेष्ता कायम भएको दाङमा रहेको ७ सय ५३ बिगाहा जग्गामा ३ हजार बढि किसानहरुको मोहि रहेको छ । सर्वोच्व अदालतले २०६२ चैत्र १४ गते स्वर्गद्धारी निजी गुठी भएकाले आश्रमको जग्गा खण्डीकरण नगर्नु नगराउनु भन्ने उत्प्रेशन मिश्रित आदेश गरेको थियो ।

मोहियानी हकका लागि भएका विभिन्न चरणका आन्दोलन र सरकारसंग पटक पटक सम्झौता भएपनि त्यसको कार्यान्वयन नभएको भन्दै दाङका मोहि किसानहरुले निणर्यक आन्दोलन भन्दै हिजोदेखी फेरी आन्दोलन शुरु गरेका छन् ।

हिजो दाङको घोराहीमा वृहत र्याली गर्दै जिल्ला प्रशासन कार्यालय अघि धर्ना शुरु गरेका किसानहरुले आज बिहान १० बजेदेखी ११ बजेसम्म १ घन्टा रित्तो थाल ठटाएर बिरोधको कार्यक्रम गरेका हुन ।

जिल्लाका १२ मौजाका किसानहरुले फागुन ८ गतेदेखी चैत्र १ सम्म चक्काजाम देखी जिल्ला बन्दसम्मका जिल्लादेखी केन्द्रीकृत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस