२०८१ मङ्सिर २३ गते आइतवार

परिवर्तनमा पत्रकारिताको भूमिका महत्वपूर्ण छ : मास्की


तुलसीपुर, ७ फागुन । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले राजनैतिक परिवर्तनमा पत्रकारिताको भूमिका महत्वपूणर् रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समितिकोे ६३ औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै अर्थमन्त्री मास्कीले मुलुकका हरेक परिवर्तनमा पत्रकारिताको भूमिका महत्वपूणर् रहेको बताउनुभयो ।

उहाँले प्रविधिको विकाससंगै संचारको पनि विकास भएको बताउनुभयो । पछिल्लो समय पत्रकारिताप्रति विश्वासको खडेरी सिर्जना भएकोले सुधार गरेर लैजानुपर्ने अर्थमन्त्री मास्कीले औँल्याउनुभयो । उहाँले सरकारका रचनात्मक कामलाई बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो । पत्रकारितालाई व्यावसायीक बनाउन सरकार प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले शासनको महत्त्वपूणर् अंग पत्रकारिता रहेको बताउनुभयो । उहाँले शासनलाई नियन्त्रण र सन्तुलनमा राख्न पत्रकारिताले भूमिका खेलेको बताउँदै नतिजा खोज्ने पत्रकारिता आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रिय समाचार समितिलाई अनुसन्धान केन्द्रका रूपमा विकास गरिनुपर्ने बताउनुभयो ।

विस.२०१८ सालबाट शुरु भएको समितिले सोमबार ६३ औँ वार्षिकोत्सव मनाएको हो । तुलसीपुरमा भएको कार्यक्रममा सहभागी वक्ताहरुले मिडियाको संयन्त्र बन्न नसकेको, सिकाउने कुरामा लागानी नभएको गुनासो गरेका छन् । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदिप गौतमले पत्रकारितामा व्यवस्थित मात्रै गर भन्ने सिकाउने कुरामा लगानी नहुने गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले मिडिया सारक्षरताको अभाव हुन थालेको बताउनुभयो । उहाँले पाठक, स्रोताले मूल धारका मिडियालाई पछ्याउने भन्दा पनि सामाजिक संजालका कुरालाई बढी विश्वास गर्दा समस्या उत्पन्न भएको बताउनुभयो ।

प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, नेपाली कांग्रेस तुलसीपुरका सभापति सुरेश हमाल, महिला उद्यमी सपना भण्डारी बस्नेत लगायतले पत्रकारित क्षेत्रको विकास र प्रवद्र्धनमा जोड दिनुभयो । रासस तुलसीपुर प्रमुख नारायणी रजौरेको अध्यक्षता तथा मन्त्री मास्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । जिम्मेवार पत्रकारिता र राससको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको सहजीकरण दिपक बोहराले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस