२०८१ बैशाख ११ गते मङ्गलवार

ट्याक्टरबाट लडेर बालकको मृत्यु

रोल्पा, ५ फागुन । रोल्पामा गुडिरहेको ट्याक्टरबाट लडेर ६ वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार बेलुकी साढे ७ बजेतिर लु्ङ्ग्री गाउँपालिका- ३ धनेखर्कबाट वडा नम्बर २ को सिर्पतर्फ जाँदै गरेको लु४त ६७१ नम्बरको ट्याक्टरबाट लड्दा  लुङ्ग्री गाउँपालिका-२ सिर्पका ६ वर्षीय सन्दिप खड्काको मृत्यु भएको हो ।

उनी ट्याक्टरको अगाडि बसेका थिए ।  गुडिरहेको बेला एक्कासी ट्याक्टरबाट खस्दा सन्दीप गम्भीर घाइते भएका थिए । उनको टाउको लगायत शरीरका विभिन्न भागमा गहिरो घाउ चोट लागेको थियो । उनलाई उद्धार गरी शुक्रबार राति ९ बजे प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारका लागि लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता इन्स्पेक्टर रामनारायण गुत्ताले जानकारी दिए।

सिर्पका २० वर्षीय ट्याक्टर चालक दीपक बिकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ।

अप्ठेरो बाटोमा असावधानी पूर्वक तीव्र गतिमा ट्याक्टर कुदाउँदा  बालक सन्दिपको सन्तुलन गुम्न पुगी एकाएक लड्न पुगेको हुन सक्ने प्रहरीको आशंका छ।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस