तुलसीपुर, ३ फागुन । तुलसीपुरमा दुई मोटरसाईकल एक आपसमा ठोकीदा एक जना घाईते भएका छन् ।
दुर्घटनामा परी तुलसीपुर-५ का ३९ वर्षिय बलबहादुर सार्की घाईते भएको प्रहरीले जनाएको छ ।
घाईते भएका सार्कीको अहिले राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । उहाँको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
सार्कीले चलाएको रा ७ प ३९४९ नम्बरकोे मोटरसाईकलले तुलसीपुर-५ का २५ वर्षिय रुपक शाहीले चलाएको रा २ प ८२०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुबै मोटरसाइकल तुलसीपुरबाट प्रर्सेनीतर्फ जाँदै गरेको अवस्थामा तुलसीपुर-७ को मोतीपुरमा बिहिबार (आज) बेलुका छ बजेतिर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार