२०८१ बैशाख ११ गते मङ्गलवार

दाङमा खाना पकाउने क्रममा घरमा आगलागी हुदा महिला जलेर घाइते


दाङ, १ फागुन । दाङको दंगीशरणमा खाना पकाउने क्रममा घरमा आगलागी भएको छ । आगलागीमा परी एक महिला जलेर घाइते भएको प्रहरीले जनाएको छ ।

दंगीशरण गाउँपालिका ६ बागर निवासी ७५ वर्षीया सरस्वती नेपाली आगलागीमा परी गम्भिर घाईते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । घाइते नेपालीको कम्मरदेखी तलतिरको भाग जलेको र अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उहाँका अनुसार आफ्नै घरमा खाना पकाउने क्रममा एक्कासी मंगलबार बिहान घरको छानामा सल्किन जाँदा आगलागी भएको हो ।

आगलागीबाट घर, लत्ताकपडा, अन्नपात र भाडावर्तनहरु पुणर् रुपमा जलेर नष्ट भएका छन् । आगलागीबाट करिब २ लाख ५० हजार बराबरको क्षेती भएको प्रहरीले जनाएको छ । स्थानिय र प्रहरीको सहायतामा करिब १ घण्टा पछि आगो पुणर् रुपमा नियन्त्रणमा आएको हो

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस