२०८१ माघ ९ गते बुधवार

रोल्पाको न्यायिक समितिको प्रथम घुम्ति बैठक होलेरीमा

रोल्पा, २६ माघ । न्यायीक समितिको रोल्पा जिल्ला स्तरीय प्रथम घुम्ति बैठक सम्पन्न भएको छ । समितिको जिल्ला स्तरीय प्रथम घुम्ति बैठक रोल्पाको रुन्टीगढी गाउँपालिकामा भएको हो ।

बैठकमा न्यायीक समितिहरुले आ आफ्नो पालिका न्यायीक समितिले गरेका क्रियाकलाप तथा प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । रोल्पामा १० पालिका भए पनि ७ पालिकाको न्यायीक समितिको मात्र सहभागीता रहको थियो ।

अन्य तीन पालिका गंगादेव, परिर्वतन , थवाङ गाउँपालिकाको भने सहभागिता रहेको थिएन । सात पालिकाका न्यायिक समितिहरुले आ-आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

जसमध्ये रोल्पा नगरपालिकाको न्यायिक समितिमा चालु वर्षमा १८ वटा, त्रिबेणीमा २६ वटा, माडीमा १२ वटा, सुनिलस्मृतिमा १६ वटा, लुङग्रीमा ११ वटा, सुनछहरीमा ४ वटा र रुन्टीगढीमा ५५ वटा निबेदन न्यायका लागि परेका थिए ।

रोल्पामा सबैभन्दा बढी निवेदन पर्ने रुन्टीगढी गाउँपालिकाको न्याय सम्पादनमा जनताले बढी न्यायको अनुभुति गरि समितिप्रति भरोसा गरेको कारण पनि निबेदन बढी परेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डागीले बताउनुभयो ।

त्यसैगरी स्थानिय सरकारमा न्यायीक समिति हँुदा खेरी प्रहरी कार्यालयलाई समेत भार कम पर्ने गरेको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरिक्षक देवीप्रसाद गैरेले बताउनुभयो ।

अध्यक्षता रुन्टीगढी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सरिता केसीको अध्यक्षता रोल्पा नगरपालिका उपप्रमुख तथा न्यायिक समीति संयोजक गिता आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

रुन्टीगढी गाउँपालिका न्यायीक समिति सदस्य रिता केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण रुन्टीगढी गाउँपालिका जेष्ठ नागरिक शाखा प्रमुख पार्वती लामिछानेले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० माघ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस