२०८१ मङ्सिर २२ गते शनिवार

दाङमा विद्युतको तार सर्ट हुँदा एक घर जलेर पूर्णरुपमा क्षति

दाङ, २५ माघ । दाङमा एक घरमा आगलागी हुँदा करिब आठ लाखको क्षति भएको छ । दंगिशरण गाउँपालिका वडा नम्बर २ कौवाघारी पिपलतरा निवासी मीनप्रसाद बिकको घरमा बुधबार दिउँसो ४ बजेतिर आगलागी भएको हो ।

घरमा लागेको आगो करिब २ घण्टापछि आगो नियन्त्रणमा आएको हो । आगलागीबाट घर पूणर्रुपमा जलेर नष्ट भएको छ । आगलागिको कारण कम्तिमा ८ लाख बरावरको क्षति पुगेको पिडित मीनप्रसाद बिकले बताउनुभयो ।

विद्युतको तार सर्ट हुँदा आगलागी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । विद्युतको पोलबाट तार छुटेर सर्ट भएपछि फुसले छाएको घरमा आगलागी भएको हो ।

पोलमा विद्युतको आगलागीबाट मानविय क्षति भने हुन नपाएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० माघ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस