२०८१ मङ्सिर २३ गते आइतवार

स्थापना दिवसमा आश्रमका मानवलाई भोजन

दाङ,२० माघ । नेपाल राष्ट्रिय कर्मचारी संगठन दाङले शनिबार १६ औं स्थापना दिवस मनाएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन लुम्बिनी प्रदेश समिति र दाङ जिल्ला समितिले संयुक्त रूपमा कार्यक्रम गरेर स्थापना दिवश मनाएका छन् ।

शनिवार दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गाइडहरमा रहेको मानव सेवा आश्रममा रहेका मानवहरूलाई बिहानको खाना खुवाएर संगठनले स्थापना दिबस मनाएको हो ।

मानवसेवा आश्रम तुलसीपुरमा निस्वार्थ भावले नाना, खाना र छानाबाट वञ्चित भएका सडकपेटीमा रहेका जिउदा लक्ष्मी नारायण र बाल गोपाल ( आश्रममा रहने बेसहारा ) हरुको सम्मानस्वरूप बिहानको भोजन गराईएको केन्द्रिय सदस्य शान्तराज गौतमले जानकारी दिनुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन दाङका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमा केन्द्रीय सदस्य शान्तराज गौतम, पुर्व केन्द्रीय सदस्य मस्त बहादुर थापा , नेपाल राष्ट्रिय कर्मचारी महासघ दाङका अध्यक्ष किरण पोखरेल लगाएतले शुभकामना मन्तव्य दिनुभयो ।

दाङ जिल्ला समितिका कोषाध्यक्ष मनोज विष्टको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजिकरण सचिव अमर वलीले गर्नुभएको हो ।

संगठनको स्थापना दिवसका अवसरमा आश्रममा रहेका आश्रमका गरिमा तथा बालगोपालहरूलाई खाना खुवाएर असल कर्म गरेको भन्दै मानव सेवा आश्रम दाङका प्रमुख हिरू जोशीले कार्यक्रम सफलताको शुभकामनासंगै धन्यवाद दिनुभयो । असल कर्मले समाजमा सहयोगी भावनाको विकासमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८० माघ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस